सन्राइज बैंकका ग्राहकले देशभरका ८० वटा निजी अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् । स्वास्थ्य बीमा योजनाअन्र्तगत बैंकले अस्पतालहरुसँग गरेको सम्झौताअनुसार ५ प्रतिशतदेखि २० प्रतिशतसम्म विशेष छुट पाउन बैंकले जनाएको छ ।
तोकिएका अस्पतालमा छुट पाउनका ग्राहकले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनु पर्नेछ । साथै ग्राहकको सहजताको लागि बैंकले १ वर्षसम्मको लागि भिसाकार्ड निःशुल्क प्रदान गरेको छ ।
यसै क्रममा बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतापछि ग्राहकहरुले सुविधा पाउने अस्पतालको संख्या ८४ पुगेको छ । अस्पतालहरुको नाम तथा छुटको विस्तृत विवरण बैंकको वेवसाइटमा रहेको बैंकले जनाएकोछ ।
उल्लेखित छुट बाहेक तोकिएको अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकले बैंकबाट १ लाखसम्मको स्वास्थ्य बीमा सुविधा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।