सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालय र गण्डकी प्रदेशअन्तर्गत ८ वटा शाखा कार्यालय एकै साथ सञ्चालनमा ल्याएको छ । बैंकले बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाद, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
बैंकको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री किरण गुरुङ र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गर्नुभएकोे थियो ।
त्यस्तै अन्य ८ वटा शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गर्नुभएकोे बैंकले जनाएको छ । बैंकको काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९१ शाखा र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
बैंकको गत असार मसान्तमा कुल निक्षेप ६१ अर्ब ३२ करोड तथा कुल कर्जा ५५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालयको शुरुवात गरेको हो ।