• होमपेज
  • समाचार
  • प्रदेश नम्बर ३ : योजना पुस्तिका सार्वजनिक

प्रदेश नम्बर ३ : योजना पुस्तिका सार्वजनिक

  • मङ्लबार, साउन २२, २०७५
प्रदेश नम्बर ३ : योजना पुस्तिका सार्वजनिक

प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा योजना आयोगले आफ्नो प्रदेशका लागि योजना पुस्तिका आज सार्वजनिक गरेको छ ।

पुस्तिका सार्वजनिक गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले योजनाविनाको विकास दिगो नहुने भन्दै समग्र प्रदेशको अवस्थाबारे अवगतसहित विकासको योजना बनाउन पुस्तिकाले सहयोग गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “किताब छापिनु ठूला कुरा होइन तर यस पुस्तकले दिने विकास ठूलो कुरो हो, यसले हामीलाई समग्र प्रदेशको अवस्था र आवश्यकता औँल्याउँछ र यी सबै समेटेर हामीले बनाएको योजना तथा विकास निर्माण दिगो हुन्छ ।” मुख्य मन्त्री पौडेलले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने आधार तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश सरकारले जनतालाई समृद्धी बाँड्ने योजना बनाएको दावी गर्नुभयो ।

आयोगका उपाध्यक्ष सांसद खिमलाल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, सामाजिक विकासमन्त्री युवराज दुलाललगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा