• होमपेज
  • समाचार
  • फोहरबाट ऊर्जा उत्पादन गर्न वायोग्याँस प्लान्ट बनाइने

फोहरबाट ऊर्जा उत्पादन गर्न वायोग्याँस प्लान्ट बनाइने

  • शनिबार, साउन १९, २०७५
फोहरबाट ऊर्जा उत्पादन गर्न वायोग्याँस प्लान्ट बनाइने

भीमदत्त नगरपालिकामा फोहरबाट ऊर्जा उत्पादन गरिने भएको छ । वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्रसित सहकार्य गरी वायोग्याँस प्लान्ट बनाउन लागिएको हो । गत वर्ष भीनपा र केन्द्रबीच सम्झौता भए बमोजिम उक्त केन्द्रको परामर्शदाताले भीनपा–३, ८, ९ र १८ मा सम्भाव्यता अध्ययन गरेकोे क्षेत्रीय सहरी विकास आयोजनाका वातावरण अधिकृत पदमराज जोशीले बताउनुभयो ।

उक्त केन्द्रका वायोग्याँस विशेषज्ञ उत्तम झा नेतृत्वको टोलीले गरेको स्थलगत अवलोकनका क्रममा देखिएका सबै जानकारीका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने जनाइएको छ

नगरपालिकामा बढ्दो जनसंख्याको चापको अनुपातमा उत्पादन हुने फोहर व्यवस्थापनका लागि ऊर्जा उत्पादन उपयुक्त विकल्प हुने बताइएको छ ।

भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारसहित विभिन्न स्थानबाट दैनिक पाँच टन फोहर निस्कने गरेको छ । यसमा ४० प्रतिशत कुहिने फोहर निस्कने गरेको छ । कुहिने फोहरमा भान्छाको फोहर, सब्जीमण्डीका तरकारी, फलफूल, कागज, काठका टुक्रालगायत छन् ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)