• होमपेज
  • समाचार
  • सर्वाधिक पुरस्कार राशिको महिला भलिबल हुने

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल हुने

  • बिहिबार, साउन १७, २०७५
सर्वाधिक पुरस्कार राशिको महिला भलिबल हुने

नेपाल भलिबल संघले पहिलो पटक सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।संघले भारतीय गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसँग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्तरुपमा आगामी असोजको दोस्रो साता गर्न लागेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीआवाधी फाउण्डेसनका प्रमुख कार्यकारी दिनेशकुमार सिंहबीच प्रतियोगिता आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

१० वर्षसम्म कायम हुने सम्झौताअनुसार प्रतियोगिता आयोजनाको सम्पूर्ण जिम्मेवारी आधीआवाधीको हुनेछ । यससँगै प्रतियोगिता सञ्चालनका लागि आधाआवाधीले प्रायोजक समेत आफैं खोज्नेछ । फाउण्डेसनले नेपाल भलिबल संघलाई प्रत्यक वर्ष १५ लाख समेत प्रदान गर्नेछ ।

कार्यक्रममा प्रमुख कार्यकरी सिंहले रु आठ लाखको चेक संघलाई हस्तान्तरण गर्नुभयो ।

सम्झौताअनुसार प्रतियोगिताको विजेताले रु छ लाख पाउनेछन् भने दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु एक लाख ५० हजार हात पार्नेछन् । भलिबलमा यो अहिलेसम्मकै सर्वाधिक राशिको पुरस्कार हो ।

यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान टिभिएस स्कुटर र रु ५० हजार पाउनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित छ टोलीको सहभागिता रहनेछ ।

नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसँगै चितवन टाइग्रेस, काठमाडौँ क्वीन्स र पोखरा पिन्केजले प्रतियोगितामा सहभागी हुने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख कार्यकारी सिंहले प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधारको व्यवस्था समेत गरिदिने आश्वासन दिनुभयो ।

आधाआवाधीका नेपाल संयोजक सूर्य गुरुङले राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलको समेत मर्मतसम्हार गरिदिइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)