• होमपेज
  • अटो
  • सुजुकीको स्विफ्ट एक्स्चेन्ज क्याम्प हुँदै

सुजुकीको स्विफ्ट एक्स्चेन्ज क्याम्प हुँदै

  • शुक्रबार, साउन ११, २०७५
सुजुकीको स्विफ्ट एक्स्चेन्ज क्याम्प हुँदै

सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले साउन १३ गतेदेखि साउन १५ गतेसम्म आफ्नो नयाँ स्विफ्ट तेस्रो संस्करणको मोडललाई लक्षित गर्दै ३ दिने एक्स्चेन्ज क्याम्पको आयोजना गर्ने भएको छ ।

स्विफ्टको नयाँ मोडलसँग एक्स्चेन्ज गर्दा कम्पनीले उपभोक्ताहरुलाई ठाउँमै मूल्य निर्धारण गरी ४० हजारको विशेष एक्स्चेन्ज बोनस प्रदान गर्नेछ । साथै कम्पनीले सोही मोडलमा ११.९९ प्रतिशत ब्याजदरले फाइनान्सको व्यवस्था प्रदान गर्नेछ । यस एक्स्चेन्ज योजना देशका सम्पूर्ण सुजुकी आउटलेटमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।

तेस्रो संस्करणको नयाँ स्विफ्ट यस श्रेणीको सर्वाधिक स्पोर्टी रुप भएको मोडल हो । पूर्ण रुपमा नयाँ डिजाइन सहितको यस सवारी साधन पाँचौ संस्करणको हर्टेक्ट प्ल्याटफर्ममा निर्मित छ जसले यसलाई अझ मजबुत र सुरक्षित बनाएको कम्पनीको दाबी छ । यस मोडलमा पूर्व परीक्षण गरिएको के १२ भीभीटी इन्जिन रहेको छ । जसले ८३ पीएस पावरसहित २२ किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्नेछ ।

नयाँ स्विफ्टमा डुवल एयरब्याग, एन्टिलक ब्रेकिङ प्रविधि, फ्रन्टल पेडेस्ट्रियन प्रोटेक्सन प्रविधि, फोर्स लिमिटर र प्रिटेन्स्नर सहितको सिट बेल्ट एवं सुरक्षामा केन्द्रित आइसोफिक्स् चाइल्ड सिट एन्कोरेजस्ता प्रविधि उपलब्ध छन् । साथै यसमा ब्लुटुथ ह्यान्ड्स फ्रि प्रविधि, अटो एसी, आयल व्हील, पुस स्टार्ट बटन, रिमोट किलेस इन्ट्री, फ्रन्ट फग ल्याम्पस्, सेक्युरिटी आलार्म् सिस्टमलगायतका सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि