• होमपेज
  • समाचार
  • भक्तपुर पोखरा सिधा बस सेवा शुरु, सेवा उद्घाटन

भक्तपुर पोखरा सिधा बस सेवा शुरु, सेवा उद्घाटन

  • शुक्रबार, साउन ११, २०७५
भक्तपुर पोखरा सिधा बस सेवा शुरु, सेवा उद्घाटन

आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गर्नुभएको हो । यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले पर्यटन विकासमा थप मद्दत पुग्ने बताउनुभयो ।

भक्तपुरबाट पर्यटकलाई बन्दीपुर र पोखरा लैजाने तथा पोखराबाट पर्यटकलाई भक्तपुर ल्याउने गरी साझेदारी कार्यक्रम सञ्चालन गर्न सकिने चर्चा गर्दै नगरप्रमुख थापाले नगरपालिका पर्यटन व्यवसायीसँग पर्यटन विकासको मामिलामा हातेमालो गरेर अगाडि जान तयार रहेको बताउनुभयो ।

सेवा उद्घाटन गरेलगत्तै स्वदेशी तथा विदेशी यात्रु बोकेर पोखराको लागि बा १ प १३६३ नंको पहिलो बस सूर्यविनायकबाट गुडेको थियो । ब्यास ट्राभल एण्ड टुर प्रालिले पहिलो पटक भक्तपुरबाट पोखरा सिधा सब सेवा सञ्चालन गरेको हो ।

अब दैनिक बिहान ६ः३० बजे सूर्यविनायकबाट पोखराको लागि बस गुड्ने र सोही समयमा पोखराबाट अर्को बस भक्तपुरका लागि गुड्ने प्रालिका निर्देशक दीपक भट्टराईले जानकारी दिनुभयो । भक्तपुरबाट पोखराका लागि दुई वटा बस सञ्चालनमा ल्याएको बताउँदै उहाँले यात्रुको संख्या बढेमा अरु बस थप गर्दै लैजाने बताउनुभयो ।

बसभित्रै शौचालय, वाइफाइलगायतको सुविधा सम्पन्न बसले प्रतियात्रु रु ८०० को टिकट निर्धारण गरेको छ । बस सूर्यविनायकबाट छुटेर यात्रु लिँदै कोटेश्वर, बानेश्वर, माइतीघर, ठमेल, सोह्रखुट्टे, कलंकी हुँदै पोखरा जाने छ ।

प्रालिका सञ्चालक आशुतोष प्रधानले भक्तपुरदेखि बन्दीपुर र पोखरासम्मको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न बस सेवाले टेवा पु¥याउने बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा