• होमपेज
  • प्रविधि
  • रंगेली नगरपालिकामा इ–बिलिङ शुरु

रंगेली नगरपालिकामा इ–बिलिङ शुरु

  • शुक्रबार, साउन ११, २०७५
रंगेली नगरपालिकामा इ–बिलिङ शुरु

मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाले सरकारको नीतिअनुरुप सम्पूर्ण वडाबाट एकीकृत कम्प्युटर प्रणालीबाट राजश्व संकलन शुरु गरेको छ ।

रंगेली नपामा रहेका नौवटा वडाबाट यही साउन १ गतेदेखि एकीकृत कम्प्युटर प्रणालीबाट राजश्व संकलन गर्ने कार्य शुरु भएको नगरपालिकाका सूचना अधिकृत कृष्ण भट्टराईले वताउनुभयो ।

नगरपालिकाका सबै वडाबाट दैनिक सरदर रु ३५ हजार राजश्व संकलन हुने गरेको छ । नगरपालिकाले नगरमा सम्पूर्ण ठेक्कापट्टाको कार्य अनलाइन माध्यमबाट गर्न शुरु गरेको छ । नगरपालिकाले भित्र हुने सम्पूर्ण निर्माण कार्य कम्प्युटर अनलाइन माध्यमबाट शुरु गर्दा नगरपालिकाको काम पारदर्शी देखिनाका साथै जनतामा सुशासनको अनुभूति हुने विचार नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालले बताउनुभयो ।

नगरपालिकाका नागरिकको बाहै्र महिना आवागमनमा सुविधा पु¥याउन गत आर्थिक वर्षमा नगर क्षेत्रमा ६० किलोमिटर ग्राभेल बाटोलाई स्तरवृद्धि गर्नाका साथै चौडा गरेको छ । नगरपालिकाले चालू आवमा संघीय सरकार, प्रदेश सरकारको सहयोगमा उक्त सडकलाई कालोपत्रे गर्ने लक्ष्य लिएको सूचना अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

यस्तै नगरपालिकाले गत आवमा नगर क्षेत्रमा रहेका ३५ वटा मठमन्दिर र मस्जिद जीर्णोद्धार गर्न रु एक करोड ५० लाख खर्च गरेको छ । नगरपालिकामा बसोबास गर्ने दलित समुदायको बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेमा रु एक हजार प्रोत्साहनस्वरुप प्रदान गर्ने गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिक वृद्ध भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्दैआएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि