• होमपेज
  • अर्थ/वाणिज्य
  • महालक्ष्मी विकास बैंकका ग्राहकले मेडिसिटी अस्पतालमा यस्तो छुट पाउने

महालक्ष्मी विकास बैंकका ग्राहकले मेडिसिटी अस्पतालमा यस्तो छुट पाउने

  • मङ्लबार, साउन ८, २०७५
महालक्ष्मी विकास बैंकका ग्राहकले मेडिसिटी अस्पतालमा यस्तो छुट पाउने

महालक्ष्मी विकास बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटी अस्पतालको सेवा शुल्कमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले अस्पतालसँग साउन ६ गते सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहक वर्गले उपचार खर्चमा ७ प्रतिशत छुट पाउनेछन् ।यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल मेडिसिटीको सेवाशुल्कमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

करिव ४ लाख ४० हजार ग्राहक वर्गहरुले नेपाल मेडिसिटीमा उपचार गराई सेवाशुल्कमा छुट प्राप्त गरी लाभान्वित हुन सक्ने बैंकले जनाएको छ । सो छुट पाउनका लागि ग्राहकले अनिवार्य रुपमा बैंकको डेबिट कार्ड लिएको हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले देशका ७३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा