• होमपेज
  • अर्थ/वाणिज्य
  • लुम्बिनी विकास बैंकको पोखरा छोरेपाटनमा एटिएम सेवा

लुम्बिनी विकास बैंकको पोखरा छोरेपाटनमा एटिएम सेवा

  • मङ्लबार, साउन ८, २०७५
लुम्बिनी विकास बैंकको पोखरा छोरेपाटनमा एटिएम सेवा

लुम्बिनी विकास बैंक (LBBL) ले आफ्नो बैंकिङ्ग सेवा विस्तारको क्रममा पर्यटकीय नगरी पोखराको छोरेपाटन शाखामा एटीएम सञ्चालनमा ल्याएको छ । विस्तारित टीएम टर्मिनल मार्फत लूम्बिनी विकास बैंकका ग्राहकहरुका साथै भिसा आबद्ध अन्य बैंक वित्तीय संस्थाका ग्राहकहरुले समेत समेत सहज रुपमा कारोवार गर्न सक्ने बैंकले जनाएको छ ।

लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारवाट सञ्चालन भई मूलूकका विभिन्न भागमा रहेका ६५ शाखा सञ्जालहरु तथा १३ एटीएम मार्फत आफनो सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, एसएमएस बैंकिङ्ग सेवा, मोवाइल बैंकिङ्ग,आश्वा लगायतका सम्पुर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार