• होमपेज
  • समाचार
  • गरिमा विकास बैंकको संचालन मुनाफा ६८ करोड ८० लाख रुपैयाँ

गरिमा विकास बैंकको संचालन मुनाफा ६८ करोड ८० लाख रुपैयाँ

  • मङ्लबार, साउन ८, २०७५
गरिमा विकास बैंकको संचालन मुनाफा ६८ करोड ८० लाख रुपैयाँ

गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा ६८ करोड ८० लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा गरिमाको संचालन मुनाफा ५३ करोड ८४ लाख रुपैयाँ थियो ।

त्यस्तै, बैंकले ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २७.७८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा गरिमाले ३४ करोड २६ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी दुई अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको बैंकले जगेडाकोषमा ७२ करोड ७२ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले २१ अर्ब २२ करोड १२ लाख रुपैयाँको निक्षेप संकलन गरेर १८ अर्ब ८५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले एक अर्ब खुद व्याज आम्दानी गरेको छ ।

बैंकले प्रोभिजनमा ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ राखेको छ । बैंकको खराब कर्जा शून्य दशमवल २७ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी १७.२७ रुपैयाँ र प्रति शेयर नेटवर्थ १२८.६९ रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा