• होमपेज
  • समाचार
  • मालपोत कार्यालयबाट रु एक अर्ब ४९ करोड राजश्व संकलन

मालपोत कार्यालयबाट रु एक अर्ब ४९ करोड राजश्व संकलन

  • शनिबार, साउन ५, २०७५
मालपोत कार्यालयबाट रु एक अर्ब ४९ करोड राजश्व संकलन

गत आर्थिक वर्षमा जिल्लास्थित मालपोत कार्यालयले रु एक अर्ब ४९ करोड ५१ लाख चार हजार राजश्व संकलन गरेको छ ।
जिल्लामा चारवटा मालपोत कार्यालय छन् । अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा मालोपत कार्यालय भरतपुरले मात्र रु एक अर्ब ५९ करोड ९६ लाख २० हजार राजश्व संकलन गरेको थियो । सोही वर्षको माघ तेस्रो साता जिल्लाका तीन ठाउँमा मालपोत कार्यालय खुलेका थिए ।

मालपोत कार्यालय भरतपुरका प्रमुख नगेन्द्र पौडेलका अनुसार माघको तेस्रो साताबाट जिल्लामा थप तीन कार्यालय खुलेसँगै ती कार्यालयले पनि राजश्व संकलन गरेकाले गत वर्षको तुलनामा अघिल्लो आर्थिक वर्ष निकै बढी राजश्व उठेको थियो ।

गत आर्थिक वर्षमा मालपोत कार्यालय भरतपुरले रु ९९ करोड एक लाख ५० हजार राजश्व संकलन गरेको उहाँले बताउनुभयो । कार्यालयले रजिष्ट्रेशनवापत रु ७३ करोड ५२ लाख पाँच हजार, लाभकरवापत रु १९ करोड ५० लाख ९४ हजार र सेवा करवापतरु पाँच करोड ९८ लाख ५१ हजार संकलन गरेको छ ।

मालपोत कार्यालय चनौलिका प्रमुख ऋषिराम ढकालका अनुसार सो कार्यालयले गत आर्थिक वर्षमा रु २४ करोड ३७ लाख ७२ हजार राजश्व उठाएको छ । तीमध्ये रजिष्टे«शनवापत रु १९ करोड ९४ लाख ६६, सेवाकरवापत रु एक करोड १४ लाख १७ हजार र लाभकरवापत रु तीन करोड २८ लाख ८८ हजार संकलन भएको कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो ।

मालपोत कार्यालय खैरहनीका प्रमुख निरकुमार दाहालले गत आर्थिक वर्षमा यो कार्यालयले रु २२ करोड ९८ लाख ९ हजार राजश्व संकलन गरेको बताउनुभयो । तीमध्ये रजिष्ट्रेशनवापत रु १५ करोड ७६ लाख १७ हजार, सेवाकरवापत रु एक करोड ३८ लाख पाँच हजार तथा लाभकरवापत रु पाँच करोड ८३ लाख ५८ हजार राजश्व संकलन गरेको उहाँले बताउनुभयो ।

मालपोत कार्यालय माडीले रु तीन करोड १३ लाख ७३ हजार राजश्व संकलन गरेको छ । तीमध्ये रजिष्ट्रेशनवापत रु दुई करोड ५९ लाख, सेवा करवापत रु १२ लाख ४७ हजार र लाभकरवापत रु ४२ लाख २५ हजार संकलन गरेको सो कार्यालयका प्रमुख कुश्माखर अधिकारीले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)