महालक्ष्मी विकास बैंकले विराटनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बैंकको ७३औं शाखा हो । त्यस्तै धादिङबेशी शाखा धुनिबेशी नगरपालिका– ६, धार्केमा र लायन्सचोक नारायणगढस्थित शाखा हाकिमचोकमा स्थानतरण गरी बैंकिङ कारोबार सञ्चालन भएको छ ।
बैंकले विभिन्न स्थानमा गरी ७३ वटा शाखा तथा ३५ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । यसका ग्राहक संख्या ४ लाख ४० हजारभन्दा बढी रहेको बैंकको दाबी छ ।