ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग संञ्चालनमा नयाँ कोशेढुङ्ग पार गरेको छ । सोमबार आफ्नो १०० औँ सेवा सञ्चालनमा ल्याएर शाखारहित बैंकिङ्ग संञ्चालनमा ल्याएर बैंकले कोशेढुङ्ग पार गरेको हो ।
बैंकले जेष्यठ नागरिक प्रति सम्मान व्यक्त गर्दै आफ्नो १०० औ शाखारहित बैंकिङ्ग सेवा १०५ बर्षकी ज्येष्ठ नागरिकको हातबाट उद्घाटन गरेको हो । ग्लोबल आइएमई बैंकले मिति २०६९/०३/२० गते बर्दिया जिल्लाको मैनापोखरमा पहिलो शाखारहित बैंकिङ्ग सेवा खोलेरे उक्त सेवाको सुरुवात गरेको थियो ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सिडिएमए, युटियलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यो क्षेत्रको बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले त्यस स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर र १०० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।