प्रभु बैंकले मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका र मनाङ जिल्लाको नाशोङ गाउँपालिका धारापानीमा नयाँ शाखा स्थापना गरेको छ ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा मुस्ताङ र मनाङ जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।