• होमपेज
  • पर्यटन
  • सडक निर्माणले पर्यटकीय क्षेत्रको यात्रा सहज हुँदै

सडक निर्माणले पर्यटकीय क्षेत्रको यात्रा सहज हुँदै

  • सोमवार, असार २५, २०७५
सडक निर्माणले पर्यटकीय क्षेत्रको यात्रा सहज हुँदै

सडक निर्माण हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्रमा पर्ने धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने झिलमिला तालसम्मको यात्रा सहज हुने भएको छ ।

नगरपालिकाको मटेनादेखि सुगरखालीसम्म कालोपत्रे सडक निर्माणको कार्य अघि बढेको छ । सघन शहरी विकास कार्यक्रमअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले मटेनादेखि सुगरखालीसम्मको पाँच किलोमिटर सडक निर्माण कार्य ठेक्काबाट गराउन लागेको छ ।

भागेश्वर कन्स्ट्रक्सनले १८ महिनामा निर्माण कार्य पूरा गर्ने गरी रु सात करोडमा ठेक्का सम्झौता गरेको छ । सडकको ट्रयाक खोल्ने कार्य सकिएको छ ।

झिलमिला ताललाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखेर शुरु गरिएको सडक निर्माण कार्यलाई ताराकोटसम्म पु¥याइने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

उहाँले भन्नुभयो, “यो क्षेत्र धार्मिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ, सडक निर्माणले यो क्षेत्रको पर्यटकीय विकास हुन्छ, अहिले सहरी विकास कार्यक्रमअन्तर्गत सुगरखालीसम्म पाँच किलोमिटर पक्की हुन्छ, त्यसपछि दोस्रो चरणमा ताराकोटसम्म सडक कालोपत्रे गर्छौं ।”

मटेला झिलमिला सडकको ताराकोटसम्म गाडीबाट पुग्न सकिने र ताराकोटबाट तालसम्म पुग्न नौ सिँढी बनाइने छन् । ताराकोटबाट तालसम्मको दूरी झण्डै ९०० मिटर छ ।

दैनिक तीन पटक रंग फेरिने तालको पानी, वर्षौंदेखि एकै आकारका माछा र जंगलको बीचमा भएर पनि एउटा पात पनि तालमा नदेखिनुको तालका विशेषता हुन् । तालको विशिष्ट विशेषता नियाल्नका लागि पर्यटक यहाँसम्म पुग्ने गरेका छन् ।

विसं २०५७ मा तत्कालीन जिल्ला विकास समितिले झिलमिला तालसम्म सडक खनेकोे थियो । सशस्त्र द्वन्द्वका कारण सवारीसाधन सञ्चालन हुन नसकेपछि प्रयोगमा नआएर पुरिएको थियो ।

भीमदत्त नगरपालिका–९ का अध्यक्ष राम नाथले झिलमिला सडकले झिलमिलाको धार्मिक पर्यटन विकास हुने र यसबाट मटेनासहित जिल्लालाई फाइदा हुने बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि