• होमपेज
  • अर्थ/वाणिज्य
  • NMB Bank र NCHRC Cancer अस्पताल बीच सम्झौता

NMB Bank र NCHRC Cancer अस्पताल बीच सम्झौता

  • आइतवार, असार २४, २०७५
NMB Bank र NCHRC Cancer अस्पताल बीच सम्झौता

एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल NCHRC (Nepal  Cancer Hospital and Research Center) सँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता भएको छ ।

सम्झौतामा बैंकका Chief Business Officer सुदेश उपाध्याय र अस्पतालको तर्फकाट Executive Chairman डा. सुदिप श्रेष्ठले संयूक्त हस्ताक्षर गरेका थिए । यस अस्पतालमा अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट बिभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।

सम्झौता अनुसार NMB VISA Debit तथा NMB Credit Card को प्रयोग गरि अस्पतालमा उपलब्ध क्यान्सर रोगको Screening Package, Radiology, Laboratory and Bed Charges मा १० % (दश प्रतिशत) र Radiation Therapy and Brachytherapy मा ७ % (सात प्रतिशत) सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार