माछापुच्छ्रे बैंक (MBL) ले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा आषाढ २० गते राष्ट्र बैंक चोकको वरपर, बैंकको बालुवाटार शाखा देखि भाटभटेनी सम्म वृक्षारोपण गरेको छ ।
बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन प्रगतिशिल धारा सुधार समिति सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका थिए । माछापुच्छ्रे बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले पनि वृक्षारोपण गरी कार्यक्रममा आफ्नो सक्रिय सहभागिता जनाए ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी १०६ स्थानवाट ग्राहकहरुमा बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।