• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एशिया बैंक झापाको चारपानेमा

एनआईसी एशिया बैंक झापाको चारपानेमा

  • बिहिबार, असार २१, २०७५
एनआईसी एशिया बैंक झापाको चारपानेमा

राष्ट्र बैंकको हरेक स्थानीय तहमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नीति अनुसार एनआईसी एशिया बैंक (NICA) ले बिर्तामोड नगरपालिका वडा नं २, चारपाने, झापामा आषाढ २० गते बुधबार शाखा विस्तार गरेको छ ।

बैंकको वासलातको आकार १७६ अर्ब, निक्षेप संकलन करिब रू. १५० अर्ब, र कर्जा लगानी करिब रू. १२० अर्ब रहेको छ । बैंकले ११ लाख ७५ हजार ग्राहकलाई २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ ।

शाखा सञ्जालको हिसाबले एनआईसी एशिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको बैंकले जनाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले अंगालेको जनाएको छ ।

हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना बैंकले अगाडि सारेको छ ।

Facebook Comments

सम्बन्धित समाचार