ग्लोबल आइएमई बैंकले काभ्रे जिल्लाको मंगल जन विजय माध्यामिक विद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ । काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले शनिबार एक कार्यक्रमका बिच बैंकले उक्त कम्प्युटरहरु हस्तान्तरण गरेको हो ।
२०७२ सालको भुकम्पबाट अति प्रभावित बनेको काभ्रे जिल्लाको श्री मंगल जन विजय माध्यमिक विद्यालयले भुकम्प अगाडि आफ्ना विद्यार्थीहरुलाई कम्प्युटर सम्बन्धि शिक्षा प्रदान गर्दै आइरहेकोमा भुकम्पले गर्दा उक्त विद्यालयका सम्पूर्ण कम्प्युटरहरु क्षति भएका कारण विद्यालयले कम्प्युटर शिक्षा प्रदान गर्नबाट बञ्चित भएको थियो ।