• होमपेज
  • फिचर
  • करोडौं ठग्ने अनिललाई राज्यद्धारा संरक्षण

करोडौं ठग्ने अनिललाई राज्यद्धारा संरक्षण

  • सोमवार, असार १८, २०७५
करोडौं ठग्ने अनिललाई राज्यद्धारा संरक्षण

निर्माण व्यवसायी एवं राप्रपाका नेता विक्रम पाण्डेका कालिका कन्ट्रक्सनको कालिका टावरमा अफिस सञ्चालन गर्दै दिन दहाडै जनतासँग अर्बौं ठगी गर्दै आएका अनिल गजमेरलाई राजयले नै संरक्षण गरेको छ भन्दा पत्याउन गाह्रो छ । तर यो सत्य हो ।

सत्ता र शक्तिको आडमा माइ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड दर्ता गरी अध्यक्ष समेत रहेका अनिल गजमेरले आफ्नो इन्भेष्टमेन्ट कम्पनीमा लगानी गरे । २०/२५ प्रतिशत सेयर लिने भनी सयौं जनता ठगी गरेको भेटिएको छ । नगद सेयरको कारोबार गर्न राष्ट्र बैंक र धितोपत्र बोर्डको सहमती लिनु पर्ने कानुनी व्यवस्था भए पनि शक्ति, सत्ता र पैसाको आडमा खुलेआम ठगी गर्दै आएका गजमेर अझै पक्राउ गरेका छैनन् ।

३५ लाख बुझाउने राधिका कटुवालले प्रहरीमा उनी विरुद्ध उजुरी दिएकी छिन् । तर उनलाई पक्राउ गर्ने आँट समेत गर्दैन प्रहरी प्रशासन । ठगी गरेर खुलेआम कम्युनिष्ट नेताहरूको साथ लिँदै पटक पटक गृहमन्त्री भेटेर बच्न सफल यी ठग विरुद्ध उच्च अदालत पाटनमा ८ वटा मुद्दा दर्ता भएको फेला परेको छ ।

व्यवसायी राधिका कटुवालले ३५ लाख २०/२५ प्रतिशत सेयर पाउने लोभमा दिएको रकम सेयर नपाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । तर ठग गजमेरले उल्टै घडपकड हुने डर उच्च अदालत पाटनमा निषधज्ञ÷माग गर्दै मुद्दा दायर गरेको भेटिएको छ ।

आर्थिक माफिया गजमेरले सबैलाई ठगी गर्ने शैली भने एउटै अपनाएको भेटिन्छ । आफ्नो कम्पनीको सेयर र ब्याज दिने भन्दै रकम लिने र सो रकम फिर्ता नगर्ने गरेको पाइएको छ ।

समाचार स्रोतका अनुसार २०७४ पुसदेखि ०७५ बैशाखसम्म आर्थिक माफिया गजमेरबाट पीडित भएका सिन्धुलीको गोलन्जोर–२ का लोकहरि पौडेलले ४५ लाख ५१ हजार ६ सय ६७ रुपैयाँ, २ वैशाख ०७५ मा काठमाडौं–१३ कि सुनिता बज्राचार्यले २ लाख ८७ हजार, काठमाडौं–१६ की अञ्जना बज्राजार्यले तीन लाख, २३ वैशाखमा कास्कीको पोखरा लेखनाथ–८ का इन्द्रबहादुर गुरुङले १५ लाख ६२ हजार सात सय ७८, वडा नं. कास्कीको पोखरा लेखनाथ–१० का रामबहादुर गुरुङले ३६ लाख ५६ हजार नौ सय ४४ रुपैयाँ, पोखराकै भुपालजंग कुँवरले ७० लाख ३२ हजार पाँच सय, लक्ष्मीप्रसाद गुरुङले ३० लाख २५ हजार पाँच सय ५५ र वीरबहादुर गुरुङले ३९ लाख ६ हजार नौ सय ४४ रुपैयाँ गरी अहिलेसम्म ८ जनाले साढे २ करोड बिगो माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेका छन् ।

समाचार स्रोत भन्दछ– ‘उनले केही वाणिज्य बैंकका उच्च कर्मचरीहरूको समेत करोडौं सेयर दिने लोभ देखाई लिएको खुलेको छ । २०/२५ प्रतिशत ब्याज वा सेयर दिने भनेपछि मेगा बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंकका उच्च अधिकृतहरूले समेत लाखौं रकम दिएको देखिन्छ ।

स्मरणीय रहोस्, केही वाणिज्य बैंकका सीइओ र उच्च अधिकृतहरूले मिटर ब्याजमा कमिशनको कमाई लगाउने गरेका छन् । यी गजमेरबाट पनि बैंकर ठगिएको एक बैंकरले नाम नलेख्ने सर्तमा बताए । जे भए पनि राज्यले समयमै यी ठगलाई कठघरामा उभ्याउनु जरुरी देखिन्छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)