सन्राइज बैंकले आफ्ना सेवा बिस्तार गर्ने क्रममा पशुपति क्षेत्र विकास कोषसंग पर्यटक प्रवेश काउण्टर संचालन सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा सन््राइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पशुपति क्षेत्र विकास कोषका तर्फबाट सदस्य सचिव डा. प्रदीप ढकालले हस्ताक्षर गरेका छन् ।
सम्झौता संगैै विभिन्न मुलुकहरुबाट पाशुपत क्षेत्रमा भ्रमणका लागि आउने पर्यटकहरुलाई क्रमशः तिलगंगा पर्यटक काउण्टर, वत्सलेश्वरी पर्यटक काउण्टर, महास्नान घर अगाडी रहेको पर्यटक काउण्टर र गुहेश्वरीमा अवस्थित पर्यटक काउण्टर समेत गरी ४ स्थानका पर्यटक प्रवेशद्वारमा पर्यटक प्रवेश काउण्टर राखी टिकट बिक्री गर्नका लागि स्थानहरु उपलब्ध गराईने छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।