• होमपेज
  • समाचार
  • जनता बैंकका एक शाखा र ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा

जनता बैंकका एक शाखा र ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा

  • मङ्लबार, असार १२, २०७५
जनता बैंकका एक शाखा र ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा

जनता बैंक नेपालले एक नयाँ शाखा र ६ शाखा रहित बैंकिङ्गबाट कारोबार शुरु गरेको छ ।जाजरकोटको थलहमा नयाँ शाखा सञ्चालनमा ल्याएको भने बाँकेको बानियभार, कैलालीको चिसापानी र स्याउलेबजार, कञ्चनपुरको जिमुवा र चाँदनीबाट शाखा रहित बैंकिङ्गकारोवार सुरु गरिएको छ । त्यस्तै दार्चुलाको काँडापारीबाट आसार १४ बाट शाखा रहित बैंकिङ्ग कारोबार शुरु हुने समेत जनाएको छ ।

जनता बैंकले देश भरीबाट ११९ शाखा ४७शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सनकाउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

साथै निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पु¥याउने उद्देश्य सहित जनता बैंक नेपालले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा र बार्षिक १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा सहित ‘जनता सुरक्षा बचत खाता’ सञ्चालनमा ल्याएको ो छ ।

Facebook Comments

सम्बन्धित समाचार