• होमपेज
  • समाचार
  • पोखरामा आइएमईको प्रभात फेरी

पोखरामा आइएमईको प्रभात फेरी

  • शुक्रबार, असार १, २०७५
पोखरामा आइएमईको प्रभात फेरी

चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आइएमईले पोखरामा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । प्रवासी÷आप्रवासी नागरिकहरूले परिवारको लालनपालन र आफु जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्स मार्फत पु¥याउदै आएको महत्त्वपूर्ण योगदानको सम्मानमा सन् २०१५ देखि हरेक जुन १६ मा यो दिवस मनाउदै आइएको थियो ।

समग्र विश्वको विकासका लागि रेमिटेन्सको मिलेर उपयोग गर्न नागरिक समाज, नीजि र सार्वजनिक क्षेत्रलाई प्रेरणा प्राप्त होस् भन्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

‘सुरक्षित रेमिटेन्सका लागि आधिकारिक माध्ययम नै प्रयोग गरौँ’ भन्ने नारा अंकित प्लेकार्ड बोकेर गरिएको प्रभातफेरीमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल आइएमईका वाण्ड एम्बास्डर दिपकराज गिरी र दीपा निरौला लगायत आइएमईका व्यावसायिक साझेदार एवम् आइएमई ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरू सहित करिव २ सय जनाको उपस्थिती रहेको थियो । पोखरा बिरौटास्थित पोखरा ग्राण्ड होटलबाट शुरु भएको प्रभातफेरी मुस्ताङ्ग चोक हुँदै पृथ्वीचोकबाट पुनः होटलमा आइ समापन भएको थियो ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार