• होमपेज
  • समाचार
  • सिटिजन्स बैंक र ओम हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक र ओम हस्पिटलबीच सम्झौता

  • शुक्रबार, असार १, २०७५
सिटिजन्स बैंक र ओम हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र ओम हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका म्यानेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गर्नु भएको छ । यससम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक, खातावालाले ओम हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले ७४ वटा शाखा, ७० वटा एटीएम. र ९९ वटा शाखा हित बैंकिङ्ग इकाईबाट ३ लाख ३५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Facebook Comments

सम्बन्धित समाचार