सन्राइज बैंकले शुक्रबार ओखलढुङ्गाकोे सिद्धिचरण नगरपालिकामा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ । उक्त शाखाकोे उद्घाटन ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, सिद्घिचरण नगरपालिकाका उपमेयर इच्छाकुमारी गुरुङ, उद्योग वाणिज्य संघ ओखलढुंगाका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।
बैंकले ग्राहकलाई विभिन्न सुविधा दिने क्रममा हालै बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ शुरु गरेको छ ।
उक्त बीमाअन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालमा भर्ना भई उपचार गराउँदा लाग्ने खर्च १ लाखमा नबढ्ने गरी बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्य जुन न्यून हुन्छ सो खर्च शोधभर्ना गर्ने छ ।
त्यस्तै ७० भन्दा बढी तोकिएका निजी अस्पतालमा स्वास्थ परिक्षण गराउँंदा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाखसम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।