• होमपेज
  • समाचार
  • मोलुङ्गमा सनराइज बैंकको शाखा

मोलुङ्गमा सनराइज बैंकको शाखा

  • बिहिबार, जेष्ठ ३१, २०७५
मोलुङ्गमा सनराइज बैंकको शाखा

सन्राइज बैंक लिमिटेडले बिहिबार ओखलढुङ्गाकोे मोलुङ्ग गाउँपालिकामा आफ्नो ८७ औं शाखा बिस्तार गरेको छ । मोलुङ्ग शाखाकोे उद्घाटन संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, मोलुङ्ग गाउँपालिकाका अध्यक्ष मणिराज राई र बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले संयुक्त रुपमा गरेका हुन् ।

बैंकले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग से पु¥याउने उद्देश्यले ओखलढुङ्गाकोे मोलुङ्गमा शाखा बिस्तार गरेको हो ।

साथै बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ ।

उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम जुन न्यून हुन्छ सो खर्च सोधभर्ना गर्न सकिने छ ।

यसका साथै बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ ।

साथै बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार