निजी क्षेत्रका बैंकहरु मध्ये २०७४ साल चैत्र मसान्तसम्मको बित्तिय बिवरण बमोजिम सबैभन्दा बढि निक्षेप संकलन गर्न सफल तथा कर्जा प्रवाहको हिसावले निजी क्षेत्रको बैंकहरुमध्ये दोश्रो ठुलो बैंकको रुपमा स्थापित भैसकेको एन आई सी एसिया बैंकले ग्राहक महानुभावहरुको हितलाई ध्यानमा राखि सर्वाधिक उच्चव्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ ।
बैंकले धनवर्षा मुद्दती निक्षेप योजनानाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिकa १२ प्रतिशत व्याज प्रदान गर्ने बताएको छ ।
यस अघिपनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्चव्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ग्राहक महानुभावहरु माझ अत्यन्त लोकप्रिय भएको थियो । धनवर्षा मुद्दती निक्षेप योजना प्रति ग्राहकहरुकोे आकर्षण र लोकप्रियताबाट उत्साहित हुँदै पुनः यस योजना सञ्चालनमा ल्याएका छौं । यस पटक समेत धनबर्षा मुद्दती योजनाबाट बढि भन्दा बढि व्यक्तिगत एवम् संस्थागत ग्राहक महानुभावहरुले लाभ उठाउन सक्नेछन ।
सो योजना अन्तर्गत देशभर रहेका एन आई सी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ । साथै एक बर्षको अवधिको लागी खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्म कर्जा पाउने बैकले जानकारी दिएको छ ।
बैंकको पछिल्लो (२०७४ चैत्र मसान्त) बित्तिय स्थितिको संक्षिप्तझलक यस प्रकार छ ः
कुल निक्षेपः रु १३३.७२ अर्व
कुल कर्जा रु १०८.९६ अर्व
खराव कर्जा अनुपातः ०.२२ प्रतिशत
पुँजी पर्याप्तता अनुपातः १३.०३ प्रतिशत
प्राथमिक पुँजि एबं निक्षेप र कर्जाको अनुपातः७८.१६ प्रतिशत
तरलता अनुपात २०.४२ प्रतिशत