• होमपेज
  • अर्थ/वाणिज्य
  • गरिमा विकास बैंकका थप चार शाखा विस्तार

गरिमा विकास बैंकका थप चार शाखा विस्तार

  • आइतवार, जेष्ठ २७, २०७५
गरिमा विकास बैंकका थप चार शाखा विस्तार

गरिमा विकास बैंक लिमिटेडले सुनसरी र मोरङ्गका विभिन्न ४ स्थानमा शाखा विस्तार गरेको छ । बैंकले सुनसरीको ईटहरी र धरान तथा मोरङ्गको विराटनगर र टंकीसिनवारी शाखाको उद्घाटन गरेको हो ।

ईटहरी शाखाको उद्घाटन ईटहरी उप–महानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले, धरान शाखाको उद्घाटन धरान उप–महानगरपालिकाकी उपमेयर मन्जु भण्डारी सुवेदीले, बिराटनगर शाखाको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले र टंकीसिनवारी शाखाको उद्घाटन बुढीगंगा गाउपालिकाका अध्यक्ष बालचन्द माझीले गरे ।

विकास बैंकले प्रदेश नं. १ अन्र्तगतका ८ वटा शाखा कार्यालय उद्घाटनको पूर्वसन्ध्यामा २०७५ जेष्ठ २३ गते ९ प्रतिशत व्याजदर र विभिन्न सुविधासहित गरिमा दम्पति बचत खाता र गरिमा कर्मचारी बचत खाता सञ्चालनमा ल्याएको छ ।

अब कहाँ खुल्दैछन् शाखा ?
काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका राजधानीमा ५ वटा शाखा कार्यालय सहित देशभर ५७ शाखा कार्यालय संचालनमा रहेका छन् । विकास बैंकले छिट्टै नै काठमाडौंको नयाँ बानेश्वर, ललितपुरको कुमारीपाटी, भक्तपुरको सुर्यविनायक, पोखराको रामबजार, रुपन्देहीको योगीकुटी, दाङ्गको घोराही, बांकेको नेपालगञ्ज, कैलालीको धनगढी र झापाको दमकमा समेत शाखा कार्यालय खोल्दैछ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा