महालक्ष्मी बिकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सातदोबाटो शाखाले ललितपुर जिल्लास्थित फ्रेश नेपालका विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामागी्र वितरण गरेको छ ।
बैंकले दुःखी, पिछडिएका, आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुको आधारभुत आवश्यकता लगायत ती बालबालिकाहरुको शिक्षा, स्वास्थ्य आदिको संर्वधनका निमित्त स्थापना गरिएको फ्रेश नेपालका विद्यार्थीहरुलाई रु. ३०,०००÷– बराबरको शैक्षिक तथा फर्निचर सामागी्र वितरण गरेको हो । शैक्षिक सत्र सुरु भए लगत्तै गुणस्तरीय शिक्षाको निमित्त शैक्षिक सामागी्र अति आवश्यक रहने कुरा मनन् गर्दै बैंकले सो सहयोग गरेको हो ।