• होमपेज
  • बीमा
  • आइएमई लाइफ र मुक्तिनाथ विकास बैंक बिच बैंकास्योरेन्स सम्झौता

आइएमई लाइफ र मुक्तिनाथ विकास बैंक बिच बैंकास्योरेन्स सम्झौता

  • मङ्लबार, जेष्ठ २२, २०७५
आइएमई लाइफ र मुक्तिनाथ विकास बैंक बिच बैंकास्योरेन्स  सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक बिच बैंकास्योरेन्स सम्झौता भएको छ ।
उक्त  सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रदयुमन पोख्ररेलले हस्ताक्षर गरेका हुन् ।

बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदर्फिता, साढे तीन गुणा रक्षावरण, अग्रीम भुक्तानी तथा आजीवन लगायतका बीमा योजना ल्याएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा विस्तार गर्नु रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार