• होमपेज
  • समाचार
  • जनता बैंकको भण्डारामा नयाँ शाखा

जनता बैंकको भण्डारामा नयाँ शाखा

  • आइतवार, जेष्ठ १३, २०७५
जनता बैंकको भण्डारामा नयाँ शाखा

जनता बैंक नेपालले चितवनको राप्ती नगरपालिका– ५ स्थित भण्डारा शाखाबाट कारोबार शुरु गरेको छ । पूर्व–पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताले यस शाखाबाट अन्य शाखामाझै आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् ।

उक्त शाखासँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन् भने देशभरीमा शाखा सञ्जाल ११६ पुगेको छ । बैंकले ४० शाखारहित बैंकिङ, २ सीमित बैंकिङ इकाई, २ एक्सटेन्सन काउन्टर र ६९ एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।
Facebook Comments

सम्बन्धित समाचार