• होमपेज
  • समाचार
  • हिमाल रेमिटमा ५० करोड घोटाला

हिमाल रेमिटमा ५० करोड घोटाला

  • आइतवार, जेष्ठ १३, २०७५
हिमाल रेमिटमा ५० करोड घोटाला

हिमालयन बैंकको रेमिट्यान्स कम्पनी हिमाल रेमिटभित्र ५० करोडभन्दा बडी रकम घोटाला भएको फेला परेको छ । हिमालयन बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठको संलग्नतामा खोलिएको हिमाल रेमिटको एजेन्ट कम्पनी म्याक्स मनी ट्रान्सफर मार्फत २० लाख डलरसम्मको सीमा कायम गरी पत्र दिई ५० करोड घोटला भएको भेटिएको हो ।

यसरी भएको छ ५० करोड घोटाला
यो घटना हिमालयन बैंकको रेमिट्यान्स कारोबार र मलेसियाबाट तथा अन्य देशबाट नेपाल आउने रेमिट्यान्स रकमको हो । नेपाल राष्ट्र बैंकको निर्देशिकामा ‘रेमिट्यान्सबाट पठाउँदा, उक्त समयको विनिमय दर लगाई सोही रकम नेपाल पुगेर बैंकको खातामा पुगेपछि मात्र पैसा पाउने व्यक्तिलाई दिनू’ भन्ने छ । या उक्त एजेन्टबाट बैंक ग्यारेन्टी लिनुपर्ने हुन्छ ।

तर यहाँ म्याक्स मनी नाम गरेको हिमाल रेमिटको एक एजेन्ट कम्पनीले पैसा पठाउनुभन्दा पहिले नै यहाँबाट ग्राहकलाई दिने र समयमा हिसाब मिलान नगर्नुले गर्दा सो हिसाब मिलान नभएको रकम चालिस करोडभन्दा बढी पुगेको हो । यस कार्यका मुख्य कर्मचारीहरू भनेका यस बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठका विश्वास पात्रहरू हुन् ।

यसरी म्याक्स मनीलाई हिमालयन बैंकको कोषमा रहेको पैसा प्रयोग गर्न दिने र त्यो पनि विना कुनै ब्याजको सुरुवात गर्ने अनन्त राजभण्डारी हुन् जो अध्यक्षका ससुराली तर्फका नजिकका नातेदार हुन् । उनी हरेक वर्ष प्रमोसन पाएर निकै उच्च पदमा पुगिसकेका थिए । यहाँ अनन्त राजभण्डारीले लिखित रूपमा म्याक्स मनीलाई २० लाख डलरसम्म उक्त सीमा कायम गरिएको भन्ने चिठ्ठी दिएका छन् ।

यो निर्णय भएको पनि छैन र यसरी लिखितमा दिने अधिकार पनि छैन । न अनन्त राजभण्डारीलाई न त मनोज बहादुरलाई नै यो अधिकार छ, तर यस्तै भएको छ । यो सबै यी दुई साथै उज्जल राजभण्डारीको मिलिमतोमा नै भएको हो । अन्य कोही भएको भए त कारबाही गरी मुद्दा हालिसकेको हुन्थ्यो ।

यस्तो गर्नुको एक मात्र उद्देश्य भनेको नै व्यक्तिगत लाभ लिनु हो । उनी प्रति अन्य उच्च पदका कर्मचारीहरू र संचालकहरूको व्यवहार हेर्दा हरेक वर्ष बढुवा, हरेक महिना विदेश भ्रमण र साततारे सम्मको दुबईको होटलमा बसाई लगायतका विलासी जीवन बिताइरहेका छन् ।

यस्ता हल्लालाई आधार मान्ने हो भने त उनको, उज्जल राजभण्डारी र अध्यक्षको (लण्डनमा) एउटा रेमिट्यान्स कम्पनी छ र यस्ता रेमिटेन्स एजेन्टहरूबाट आउने कमिसन (उनीहरूको हिस्सा) यसैमा जम्मा हुन्छ भनिन्छ । यसलाई होइन भन्नलाई केही आधार पनि छैन ।

यसरी हिसाब मिलान हुन नसकेको रकम चालिस करोडको हाराहारीमा रहेको पत्ता लागेपछि उक्त रेमिट्यान्स एजेन्टले त्यत्रो रकम हुनै नसक्ने र उसले कुनै हालतमा नदिने अनन्त राजभण्डारीले केही समय पहिला नै हिमालयनको जागिर छाडिसकेका छन् । यो पनि संलग्न सबैको सल्लाहमा नै भएको पक्कै हो ।

यसमा संलग्न अर्का ठूला कर्मचारी डिजियम उज्जल राजभण्डारी हुन् । उनी र अनन्तद्वारा यसको सबै प्रपञ्च रचिएको हो । अहिले आएर यति धेरै घाटा रकम लुकाउन र राफसाफ गर्न उनी आफैं लागिपरेका छन् । यस घाटा रकमका बारेमा थाहा पाउने सबैलाई उनले तर्साएर चुप लगाइसकेका छन् । बंैकको तलदेखि माथिसम्मका सबैजना यस रकमलाई नदेखेको जस्तो गरेर बसिरहेका छन् । बैंकको प्रगतिका एक ठूलो बाधक भनेको मनोज र उज्जल नै हुन् ।

अहिलेसम्मका हरेक ठूला दुर्घटनाहरूमा उनीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । यो संयोग मात्रै त हुनै सक्दैन । तैपनि न उनलाई कुनै कारबाही भएको छ न त प्रमोसन ग्रेड रकोकिएको छ । अझै निकट भविष्यमा नै जेनरल म्यनेजरमा बढुवा हुँदैछन् भन्ने सुनिन्छ ।

उनीसँग खासै केही विषयको ज्ञान नै छैन, तर उनले लादेको हरेक निर्णयले बैंकलाई घाटा मात्र पु¥याएको छ । बैंकको बिग्रँदो स्थितिका लागि मुख्य जिम्मेवार पनि उहाँ र उहाँलाई त्यहाँसम्म पु¥याउनेहरू नै हुन् । उनको हरेक महिना कम्तिमा दुई विदेश भ्रमण हुन्छन् । त्यो पनि बैंकको पैसामा । तर के को लागि भनेर कसैलाई थहा छैन । यस्तालाई बैंकमा अझै राखेर बढुवा दिइयो भने त के हो अनुमान गर्न गाह्रो पटक्कै नहोला । यो त क्यान्सर जस्तो रोग हो बैंकका लागि ।

यसरी हिसाब मिलान नभएपछि यसरी कारोबार भइरहेको खातालाई ‘फ्रिज’ गरिन्छ र हिसाब मिलानतर्फ लागिन्छ तर यस्तो केही गरिएको छैन । यो बैंकको घाटाको मात्रै नभएर विदेशी मुद्राको अवचलन पनि हो र कानून निकै कडा छ यस विषयमा ।

यहाँले नेपाल राष्ट्र बैंक तथा अन्य सरकारी निकायबाट छानविन र कारवाहि नगरेदेखि यसले एक दिन तँपाईको पूर्वजले योगदान गरेको बैंक नै डुब्ने खतरा रहिरहन्छ । नेपाल राष्ट्र बैकले अडित गर्दा रकम १८ करोड थियो र यो हिसाब मिलान नभएको मात्रै हो र यस वर्ष सबै मिलाउँछु भनेपछि छोडिएको थियो तर मिलाउनु वा घटाउनु त कहाँ हो कहाँ उल्टै यस्तो रकम एक अरब नाघिसकेको छ जसमा ५० करोड जति त म्यास् मनि को नै पुगेको छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)