डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय भुमिका निर्बाह गर्दै आएको एन आई सी एशिया बंैक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा रू. १ लाखसम्मको राजश्व छिटो, छरितो, सरल एवं सुबिधायुक्त रुपमा यस बैंकमा खाता रहेका ग्राहक महानुभावहरुले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ ।
सो सुबिधा उपयोग गर्न बैंकका ग्राहक महानुभावहरुले एक पटकका लागि आफ्नो खाता नं. नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको ई–पेमेन्ट सम्बन्धी वेबसाइट www.connectips.com मा दर्ता गराई सो को फारम डाउनलोड गरी यस बैंकको कुनै पनि शाखामा गई रुजु गराउनु पर्ने र रुजु भए पश्चात रू. १ लाखसम्मको राजश्व कुनै पनि समयमा नेपाल सरकारको https://rajaswa.fcgo.gov.np मा Login गरी राजश्व भुक्तानी गर्न सक्नुहुनेछ । सो सम्बन्धी विस्तृत विवरण नेपाल क्लियरिङ्ग हाउस ९ल्ऋज्ी० को वेबसाइटबाट समेत प्राप्त गर्न सकिने छ