महालक्ष्मी विकास बैंक लि. को पुतलीसडक शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुद«मती माध्यमिक विद्यालय, बानेश्वरका विद्यार्थीहरुलाई रु ३५,००० बराबरको कापी, कलम, र ब्याग उपलब्ध गराएको छ ।
यसैगरी गत सोमवारका दिन बैँकको सिमरा शाखाको आयोजनामा जितपुर सिमरा उपमहानगरपालिका वडा नं ०२ स्थित श्री सिमरा कलेजको भवनमा महालक्ष्मी छात्रवृित्त वितरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सिमरा कलेजका गरिब तथा जेहेन्दार १ छात्र तथा १ छात्रा लाई यो शैक्षिक सत्रको लागि छात्रवृत्ति स्वरुप कुल रकम रु २५,००० वितरण गरिएको थियो ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।