• होमपेज
  • समाचार
  • गरिमा विकास बैंकले सुरु गर्यो ‘गरिमा रेमिट’

गरिमा विकास बैंकले सुरु गर्यो ‘गरिमा रेमिट’

  • मङ्लबार, जेष्ठ १, २०७५
गरिमा विकास बैंकले सुरु गर्यो ‘गरिमा रेमिट’

गरिमा विकास बैंकले रेमिट कारोबारका लागि गरिमा रेमिट शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रमका बीच संचालकद्धय आनन्द प्रसाद श्रेष्ठ र विमल पाण्डेले संयूक्त रुपमा हस्ताक्षर गरेपछि गरिमा रेमिट सेवाको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले गरिमा विकास बैंकका सबै शाखा संजालबाट रेमिट सेवा सुरु भएको घोषणा गरे । उनले आगामी दशैं सम्ममा गरिमा विकास बैंकका शाखा बाहेक अन्य संजालमार्फत पनि देश र विदेशबाट रेमिट्यान्स सेवा अघि बढाउने जानकारी दिए ।

विभिन्न फाइनान्ससियल टेक्नोलोजिको प्रयोगमा बैंक अग्रसर भएर लागेको जानकारी गराउँदै उनले देशमा भित्रिएका सबै टेक्नोलोजीलाई बैंकले कार्यान्वयनमा ल्याएसकेको पनि बताए । बैंकले केही दिनमा अरु नयाँ सेवाको पनि विस्तार गर्ने उल्लेख गर्दै उनले गरिमा रेमिटबाट कारोबार अगाडि बढाउन सबै सदस्य र आम नागरिकहरुलाई आह्वान गरे ।

स्याङ्जामा तीन जिल्ले बैंकबाट सुरु भएको गरिमा विकास बैंक कुशल संचालक र उत्कृष्ट म्यानेजमेन्ट टीमकै आडमा पोखरा हुँदै काठमाडौंमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी राष्ट्रिय स्तरको विकास बैंकका रुपमा अग्रसर छ । गरिमा विकास बैंकले हाल पूर्वाञ्चल र सुदुरपश्चिमाञ्चलमा समेत शाखासंजालहरु विस्तार गरी सेवा सुचारु गरीरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि