• होमपेज
  • समाचार
  • गाउँपालिकाले ट्यांकर किनेर पानी खुवायो

गाउँपालिकाले ट्यांकर किनेर पानी खुवायो

  • मङ्लबार, जेष्ठ १, २०७५
गाउँपालिकाले ट्यांकर किनेर पानी खुवायो

सिंहदरबारको अधिकार गाउँपालिकामा गएको छ । धेरै जनप्रतिनिधि आफ्नो सेवा सुविधाका लागि लाखौँ र करोडौँ पर्ने गाडीमा गुड्ने गर्दछन्, तर पाँचथरको यस्तो एउटा स्थानीय तह छ जसले आफ्नो सुविधाभन्दा पनि जनताको सुविधाप्रति चासो दिएको छ ।

प्रसंग हो, पाँचथरको सुक्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकाको । जताततै खानेपानीको संकटमा परेका नागरिकलाई गाउँपालिकाको पहिलो गाउँसभाबाटै पानी खुवाउनका लागि उद्घोष ग¥यो, फलस्वरुप कार्यालयले ढिलै भए पनि खानेपानी वितरण गर्न थालेको छ । सुलभ मूल्यमा पानी वितरण गर्ने उद्देश्यअनुरुप ट्यांकर खरिद प्रक्रिया पूरा गरी गाउँपालिकाले पानी वितरण गर्न थालेको हो ।

खानेपानीको समस्या भोग्दै आएका नागरिकलाई खानेपानीको पहुँचमा पु¥याउनका लागि यो अभियानलाई तीव्रता दिन लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कूल रु ४५ लाखको लागतमा ट्र्याक्टरसहितको टयाङ्कर खरिद गरेको हो । खानेपानीको गम्भीर समस्या भएका वडाको पहिचान गरी सामूहिकरुपले उक्त क्षेत्रमा खानेपानी वितरण गर्ने गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताउनुभयो ।

स्थानीयले प्रतिलिटर डेढ देखि दुई रुपैयाँसम्मको दरले पानी किनेर खानुपर्ने बाध्यता थियो । तर अहिले परिवारका आवश्यकता र होटल व्यवसाय गर्न सहज भएको अध्यक्ष चेम्जोङले बताउनुभयो ।

खानेपानीको समस्या भएको कुम्मायक गाउँपालिकाका विभिन्न वडामा खानेपानीको हाहाकार छ । मेलम्चीपछि कै दोस्रो ठूलो आयोजना भनिएको तमोर लिफ्ट खानेपानी आयोजनाको काम सम्पन्न नभएसम्मका लागि स्थानीयलाई राहत दिन गाउँपालिकाले प्रतिलिटर ६० पैसामा पानी वितरण गर्न थालेपछि स्थानीय हर्षित भएका छन् ।

स्थानीय होटल व्यवसायी देवेन्द्रकुमार सम्बाहाम्फे भन्नुहुन्छ, “खानेपानी किनेर मात्रै प्रयोग गर्नुपर्ने भएकाले यो सस्तो रेटमा गाउँपालिकाले खानेपानी उपलब्ध गराएको छ ।” राम्रो काम गरेकोलाई राम्रो भन्नुपर्छ, खानेपानी वितरणको सेवा अहिले बजारमा मात्रै केन्द्रित भएको छ, त्यसलाई गाउँमा पनि केन्द्रित गर्नुपर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाको यासोक बजारमा मात्रै दैनिक ५० देखि ६० हजार लिटर पानी खपत हुने गरेको छ । आधारभूत आवश्यकता पूरा गर्न नसकेको उक्त खानेपानी आयोजनाले दैनिक २० हजार देखि २५ हजार लिटर पानी पनि पु¥याउनसमेत हम्मेहम्मे हुने गरेको यासोक खानेपानी सरसफाइ उपभोक्ता समिति अध्यक्ष तथा वडा नं १ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताउनुभयो । रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा