• होमपेज
  • बीमा
  • बीमा कम्पनीका सीईओलाई तोकियो योग्यता

बीमा कम्पनीका सीईओलाई तोकियो योग्यता

  • आइतवार, बैशाख २३, २०७५
बीमा कम्पनीका सीईओलाई तोकियो योग्यता

बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ जारी गरेको छ । आइतबारदेखि लागू हुने गरी जारी गरिएको निर्देशिकामा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई छ महिनाको कुलिङ पिरियडको व्यवस्था गरिएको छ ।

जसअनुसार, बीमा कम्पनीका सीईओ सेवाबाट निबृत्त भएको छ महिनाको अवधि पूरा नभएसम्म अर्को बीमा कम्पनीको कार्यकारी प्रमुखको रुपमा नियुक्त हुन  पाउँदैनन् । निर्देशिकामा प्रमुख कार्यकारी अधिकृतले कम्पनी सचिवको रुपमा समेत काम गर्न नपाउने व्यवस्था गरिएको छ ।

कार्यकारी प्रमुखले पदमा रहुन्जेल र पदबाट हटेको एक वर्षसम्म पनि कम्पनीको सेयर खरिद बिक्री गर्ने तथा संचालक सर्भेयर, बीमा दलाल, सहजकर्ता परामर्शदाता भएर काम गर्न नपाउने व्यवस्था गरिएको छ ।

योग्यता निर्धारण
निर्देशिकाले सीईओको योग्यता पनि निर्धारण गरेको छ । जसअनुसार, कुनै पनि बीमा कम्पनीको सिइओ हुनलाई बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, बाणिज्यशास्त्र, कानुन, गणित, तथ्यांकशास्त्र वा इन्जिनियरिङ विषयमा कम्तिमा पनि स्नतकोत्तर गरेको हुनु पर्छ ।

ब्यवस्थापन तहमा बसेर काम गरेको पाँच वर्ष वा वित्तीय क्षेत्रमा भए कम्तीमा ८ वर्ष वा दुबै क्षेत्रमा कार्यानुभव भएको ब्यक्ति बीमाको सिइओ हुन पाउने छ । स्नातकको हकमा भने १३ देखि १५ वर्षको कार्यानुभव हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, उमेर ७० वर्षभन्दा कम हुनुपर्ने बताइएको छ । बीमा समितिको अध्यक्ष भएको व्यक्ति बीमा कम्पनीको सीईओका लागि अयोग्य हुने भनिएको छ । सीईओ कार्यकाल दुई वर्ष रहने व्यवस्था गरिएको छ ।

अन्य कर्मचारीको योग्यता
अधिकृत स्तरका कर्मचारीको हकमा पनि खुला वा बढुवाबाट अधिकृत बनाउँदा कम्तीमा स्नातक गरेको हुनु पर्नेछ । निर्देशिका लागु हुनुभन्दा अगाडि स्नातक नगरी अधिकृत भएका व्यक्तिले स्नातक नगरेसम्म थप बढुवा नपाउने भएका छन् ।

बीम कम्पनीको संचालक बन्न विदेशी वा स्वेशी बीमक बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रको संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा ५ वर्ष काम गरेको हुनु पर्नेछ । स्नातक हासिल गरि विदेशी कम्पनीमा काम गरेको अनुभव भएकाले पनि संचालक हुन पाउने छन् ।

नेपाल सरकारको अधिकृत स्तरमा तीन वर्ष काम गरेका तथा बीमा समितिले तोकेको क्षेत्रमा स्नातकोत्तर गरेकाहरु पनि बीमा कम्पनीको संचालक हुन पाउने व्यवस्था गरिएको छ । संचालक हुन कम्तीमा पनि २५ वर्ष पुरा गरेको हुनु पर्नेछ ।

संबैधानिक पद धारण गरेको व्यक्ति तथा गाउपालिका प्रदेश सभा संघीय सभाका पदाधीकारीहरु पनि पदमा रहुन्जेल संचालक हुन नपाउने व्यवस्था गरिएको छ । एकाघरका दुई व्यक्ति संचालक हुन नपाउने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा