• होमपेज
  • अर्थ/वाणिज्य
  • एनसीसी बैंकद्वारा बागलुङ्गमा शाखा स्थापना

एनसीसी बैंकद्वारा बागलुङ्गमा शाखा स्थापना

  • बिहिबार, बैशाख २०, २०७५
एनसीसी बैंकद्वारा बागलुङ्गमा शाखा स्थापना

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैंक) ले बागलुङ्ग नगरपालिकाको वडा नं. ३, हल्लनचोकमा शाखा कार्यालय स्थापना गरेको छ ।

उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै बागलुङ्ग नगरपालिकाका प्रमुख जनकराज पौडेलज्यूले एनसीसी बैंक बागलुङ्गमा स्थापना भएकोमा खुशी व्यक्त गर्दै यस क्षेत्रका वासिन्दा तथा व्यवसायीहरुलाई आधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने बताए । उक्त अवसरमा प्रमुख पौडलले बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत सहभागि हुनु पर्नेमा जोड दिए ।

उक्त कार्यक्रमको अध्यक्षता गर्दै बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले एनसीसी बैंक स्थानीय निकायहरुसंग समन्वय गरी अगाडि वढने बताए ।

एनसीसी बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा रु. ५९.१ अर्ब निक्षेप संकलन गरी रु. ५२.१२ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । साथै सोही अवधिमा बैंकको खूद नाफा रु. ५४.३१ करोड रहेको छ । गत आर्थिक वर्षको यसै अवधिको खूद नाफा रु. १६.७६ करोडमात्र रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा