• होमपेज
  • समाचार
  • एक अर्ब दुई करोडको बजेट प्रस्तुत

एक अर्ब दुई करोडको बजेट प्रस्तुत

  • शनिबार, बैशाख १, २०७५
एक अर्ब दुई करोडको बजेट प्रस्तुत

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आजको प्रदेशसभा बैठकमा रु एक अर्ब दुई करोडको बजेट प्रस्तुत गर्नुभएको छ । चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि आर्थिक मामिला तथा योजनामन्त्रीको समेत हैसियतमा उहाँले चालुतर्फ रु ३६ करोड ६३ लाख ८२ हजार र पूँजीगततर्फ रु ३४ करोड ६ लाख ७५ हजार खर्च हुने अनुमान गर्नुभयो ।

त्यसबाट बाँकी रु ३१ करोड ३४ लाख ४३ हजार अर्थ बजेटको रुपमा राखिएको छ । सो बजेटबाट बचत भएको रकम आगामी आर्थिक वर्षको आयमा समावेश गरिने छैन ।

बजेट कार्यान्वयन गर्ने अवधि छोटो भएको हुँदा चालु आर्थिक वर्षमा कार्यालय स्थापना तथा सञ्चालन, तलब, भत्ता, पारिश्रमिकलगायत अत्यावश्यक खर्च र केही आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन भएको छ ।

विकास र समृद्धिका लागि चाहिने नीतिगत र संरचनागत आधारशीला खडा गर्न, सामाजिक न्यायसहितको सन्तुलित विकासको आधार तयार गर्न, कृषि उद्योग र पर्यटनलगायत क्षेत्रगत समस्या पहिचान गरी प्राथमिकता प्राप्त आयोजना छनोट गरिने छ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

उहाँले भन्नुभयो, “राजश्वको स्रोत पहिचान गरी संकलन प्रक्रिया अघि बढाउने छ, प्रादेशिक विकास अवधारणा तयार गरी आवधिक योजना निर्माणको प्रक्रिया शुरु गरिने छ ।”

प्रदेश सरकारले पहिलो पटक ल्याएको उक्त बजेट कृषि, पशु तथा मत्सयपालनलगायत व्यवसायलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदानका लागि अनुदान कोष स्थापना गर्न रु एक करोड विनियोजन भएको छ ।

बजेटमा सहकारीलाई उत्पादनतर्फ उत्प्रेरित गर्न त्यस्ता कार्यका लागि सहुलियत ऋण तथा अनुदानको व्यवस्था गर्न सहकारी विकास कोष स्थापनाका लागि रु एक करोड विनियोजन भएको छ र सो कोष संचालनका लागि कार्यविधि निर्माण हुने बताइएको छ ।

सिद्धार्थ राजमार्गको जोखिमको रुपमा रहेको सिद्धबाबा क्षेत्रको पहिरोको समस्या समाधान गर्न बैकल्पिक मार्ग तयारको लागि आवश्यक रकम बजेटमा विनियोजन भएको छ । पहाडी जिल्लाको सडक दुई लेनको कालोपत्रे बनाउने नीतिअनुरुप सडकको पहिचान गर्न प्रत्येक स्थानीय तहका केन्द्रलाई मोटरबाटोले जोडनका लागि पहुँचमार्गको स्थितिबारे अध्ययन गर्न आवश्यक बजेटको व्यवस्था भएको छ ।

बजेटमा नवीकरणीय बैकल्पिक ऊर्जा प्रर्वद्धन, जलविद्युत्् उत्पादनका लागि छिमेकी प्रदेशसँग सहकार्य गर्ने कार्यको शुरुआत गर्न सम्भाव्य आयोजना पहिचान गरिने बजेटमा उल्लेख छ । सो बजेट संघीय सरकारबाट समानीकरण अनुदानको

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि