निर्मल धिताल | नेपालको इन्टरनेट प्रदायक कम्पनीमध्ये एक हो भायानेट कम्युनिकेशन प्रा.लि. । यस कम्पनीले विगत १८ वर्षदेखि नेपालमा उत्कृष्ट इन्टनेट प्रदान गरिरहेको दाबी गरेको छ ।
तर यो सरासर गलत सावित भएको छ । यस इन्टरनेट कम्पनीले दिने नेट अन्य कम्पनीको भन्दा पनि कम गतिको रहेको यसका ग्राहकहरू बताउँछन् ।
वर्षभरिको एकमुष्ठ रूपमा पैसा तिर्दा केही सहुलियत दिएको देखाउने र जनता ठग्ने उद्देश्य लिई आम नेपालीहरूलाई झुक्याइरहेको छ । नेट केही समय त राम्रो चल्यो, त्यसपछि त एउटा मोबाइलमा पनि चल्न निकै गा¥हो भएको भायानेटका उपभोक्ताहरूको गुनासो छ ।
भायानेटले आफ्ना ग्राहकहरूलाई राम्रो सेवा दिने गलत प्रचार प्रसार गरे पनि नेट जडान भएको केही समयपछि नेट नचल्ने र बारम्बार फोन गर्दा पनि केही प्रतिउत्तर नदिने यसको अहिले मुख्य विशेषता नै बनेको छ ।
एक वर्षको पूरा पैसा तिरिसकेको र फेरि सो सेवा रद्द गर्दा विभिन्न सेवा शुल्क वापत धेरै पैसा काटिने हुँदा सो सेवामै झुलिन बाध्य छन् आम सेवाग्राहीहरू । ‘एउटा ज्याकलाई काटेर फेरि त्यही ज्याकलाई जोड्दा पनि रु ५०० सेवा शुल्क लाग्छ रे ! के यही हो कस्टमर सर्भिस भनेको ?,’ एक भायानेट उपभोक्ताले भोक्किँदै भने । यस्ता नेट नेपालमा धेरै दिन टिक्दैनन् ।
यो समस्या उनी एक जनामा मात्र होइन, भायानेट जडान गर्ने हरेक आम नागरिकलाई यस्तै समस्या परेको छ । चाहिएको बेलामा नेट नहुने, नचल्ने गरेको छ । सम्बन्धित ठाउँमा फोन गर्दा कहिले सर्भिस विस्तार गरिने निहुँमा त कहिले उनीहरूको आफ्नो सिस्टम डाउन भनी उनीहरू जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन् ।
भायानेटको कस्टमर सर्भिसको त कुरा गरि साध्यै नै छैन । नेट चलेन भन्यो भने कस्टमर आईर दिनु हामी टेक्निसिएनलाई खबर गरि तपाईलाई फोन गर्छौ भन्दछ् तर त्यो फोन भने कहिल्यै आउदैन । यस्तो भायानेटको कस्टमर सर्भिस । क्या गजबको । एक दिनमा फोन गर्दा गर्दा भायानेटले एक महिनामा लिने शुल्क नै सकिएला तर यसको समस्या भने समाधान भने छैन ।
समस्या भएर फोन गर्दा अनेक कुरा भनी अल्झाउने कर्मचारीहरू अनालइनबाट विभिन्न सफ्वेयर डाउनलोड गर्न लगाउने र उनीहरूले हाम्रो सिस्टम अपरेट गरेर अन्तिममा केही नभएर तपाईको राउटर नै चेन्ज गर्नुस पो भन्दा रहेछन् । के हामीले बजारबाट ल्याएको सामान नचल्ने उनीहरूकै सामान किन्दा राम्रो हो र ? उनीहरूको सर्भिस नै राम्रो छैन । जो चोर उसैको ठूलो स्वर । भन्नै प्रतिक्रिया दिए काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका एक उपभोक्ता ।
अरु सबै कुरा एकातिर राखी हामी भायानेटकै फेसबुक पेजमा यी र यस्ता प्रतिक्रिया धेरै छन् । फेसबुक पेजमा भएको ९०% प्रक्रियाहरू सबै नकारात्मक नै छन् । सकारात्मक हुन त आफुले सर्भिस राम्रो दिनु पर्यो नि !
सुरु सुरुमा थोरै समय इन्टरनेट डिष्टब हुँदा पनि मोवाइमा सन्देश पठाउने भायानेटले केही समय अघि करिब दुई महिना इन्टरनेट चलेन यसको भायानेटले आफ्ना उपभोक्तालाई कुनै जानकारी दिएन ।
यी र यस्ता इनटरनेट प्रदायक कम्पनीहरूले नेपाली उपभोक्त ठग्ने प्रवृत्ती पछिल्ला समयमा बढ्दै गएको छ । यसमा सम्बन्धीत निकायले ध्यान दिनु जरुरी छ । यसको छानविन गरि कारवाहि प्रक्रिया तुरुन्त अघि बढाउनु जरुरी छ |राजतिलक साप्ताहिक