• होमपेज
  • बीमा
  • नेपाल लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत बोनस सेयर पारित

नेपाल लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत बोनस सेयर पारित

  • बुधबार, चैत्र २८, २०७४
नेपाल लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत बोनस सेयर पारित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले ४२ प्रतिशत बोनस सेयर पाउने भएका छन् ।

कम्पनीको चैत्र २८ गते बुधबार बीरगंजमा सम्पन्न १८औँ बार्षिक साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको ४२ प्रतिशत बोनस सेयर तथा प्रति सेयर २८.५३ रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्तापुँजी चार अर्ब ३९ करोड ६९ लाख २८ हजार छ सय ४८  रुपैयाँ पुग्नेछ ।

अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले कम्पनीको अधिकृत पूंजी आठ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै, सभाले आ.व.२०७३/०७४ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह बिवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीका गरिएको संशोधन प्रस्तावहरु स्वीकृत गरेको छ ।

कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण सेयरको बिद्यमान ७०ः३० अनुपातलाई परिवर्तन गरि संस्थापक र सर्वसाधारण सेयर स्वामित्व अनुपात ६०ः४० प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाबाट स्वीकृत भएको छ ।

साधारणसभामा स्वागत मन्तव्य एवं बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष संघईले समिक्षा बर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा करिब ३३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।

साथै उनले बिद्यमान सेयर स्वामित्वमा सर्वसाधारण समुहमा सेयर संरचनामा बृद्धि भई  ४० प्रतिशत कायम हुँदा सर्वसाधारण सेयरधनीहरुको स्वामित्व एवं जिम्मेवारी अझ व्यापक एवं फराकिलो बन्ने बिश्वास व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार