• होमपेज
  • समाचार
  • राष्ट्र बैंकका कर्मचारीलाई १० बर्षसम्मको एकमुष्ठ पेन्सन

राष्ट्र बैंकका कर्मचारीलाई १० बर्षसम्मको एकमुष्ठ पेन्सन

  • बुधबार, चैत्र २८, २०७४
राष्ट्र बैंकका कर्मचारीलाई १० बर्षसम्मको एकमुष्ठ पेन्सन

निमेश | नेपाल राष्ट्र बैंकको कर्मचारी विनियामवलीका कारण करिब एक सय जना वरिष्ठ कर्मचारीले अवकाश पाउने भएका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ती कर्मचारीको जागिर थमौतीका लागि कर्मचारी विनियामवलीलाई संशोधन गरेर ३० वर्षलाई हटाएर जागिर अवधि ५८ वर्ष बनाउन खोजेको प्रयास असफल भएपछि ३० वर्ष अवधि पुगेका करिब एक सय कर्मचारीले चैत मसान्तदेखि अवकाश पाउने भएका हुन् ।

यसका अतिरिक्त अधिकृत, विशिष्ट तहमा कार्यरत कर्मचारी र अधिकृत प्रथम तहमा कार्यरत कर्मचारीको पनि उक्त पदमा सेवा गरेको अवधि ७ वर्ष र १२ वर्ष पुगेमा पनि अनिवार्य अवकाश हुने प्रावधान छ ।

तत्कालीन समयमा कार्यरत लगभग १२५० जना कर्मचारीमध्ये विभिन्न तहमा गरेर करिब २५० जना कर्मचारी बढी रहेको कुरा पनि उल्लेख गरिएको थियो ।

यो प्रतिवेदन नेपाल राष्ट्र बैंकको वेबसाइटमार्फत् सार्वजनिक गरिएको थियो । यो सर्वेक्षणको प्रतिवेदनपश्चात फेरि विमल वाग्लेको संयोजकत्वमा सोही विषयलाई लिएर अध्ययन गराउने काम भएको थियो । उक्त अध्ययनको प्रतिवेदन भने सार्वजनिक भएको छैन ।

यसरी अवकाश पाउने कर्मचारीलाई राष्ट्र बैंकले १० बर्षसम्मको एकमुष्ठ पेन्सन दिएर विदा गर्ने गरेको छ । अवकाश पाउने कर्मचारीले अवकाश पाएको पदभन्दा एक तह बढीको पेन्सन पाउने गरेका छन् ।

हाल सरदरमा एकजना अधिकृत तृतीयस्तरको पुराना कर्मचारीको तलब वार्षिक १८ लाख जति हुन्छ । उसलाई यदी अवकाश दिनुपर्ने भयो र पेन्सन दिनुपर्ने अवस्था छ भने पेन्सन दिँदा करिब ५ लाख ५० हजार जति खर्च हुन्छ ।

नयाँ कर्मचारी लिँदा हाल मासिक तलब ३५ हजार १ सय रुपैयाँ र अन्य विभिन्न शीर्षकमा दिइने भत्ता जोड्दा बैंकले उसलाई ९ लाख रुपैयाँमा वार्षिक रुपमा काममा लगाउन सक्छ ।

यसरी हेर्दा दुवैतर्फको खर्चको जोड गर्दा पनि १४ लाख ५० हजार वरिपरिमा पेन्सन दिएर र नयाँ कर्मचारी भर्ना गरेर बैंकको व्ययभार कम हुने सोझो हिसाब देखिन्छ ।

 

 

Facebook Comments

सम्बन्धित समाचार