एनएमबि बैंकले सप्तरीको सप्तकोशी नगरपालिकाका किसानलार्इ ८ लाख ५० हजार मूल्य बराबरको वेमौसमी तरकारीको बीउ वितरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवसायिक खेतीमा सहयोग पुर्याउने उदेश्यले १ सय २३ जना किसानलार्इ यो वीउ वितरण गरेको हो।कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र अष्ट्रेलियन सरकारको संयुक्त सहयोगमा २३ जना किसानलार्इ सोलार पम्प समेत वितरण गरिएको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले कृषिमा गरिने लगानीले देशको दिगो विकासमा टेवा पुग्ने बताए।उनले वास्तविक अर्थतन्त्रमा समेत लगानी हुने भएकाले बैंकले इसिमोड र अष्ट्रेलियन सरकारको संयुक्त सहकार्यमा व्यवसायिक तरकारी खेतीका लागि पहल गरेको बताए।केसीले आगामी दिनमा साना तथा मझौंला व्यवसाय र कृषिमा समेत यस्तो लगानी गर्ने बताए।