गायक महेश मुखिया सुनुवार र गायिका सन्ध्या सुनुवारको आवाजमा रहेको ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।
पाण्डव सुनुवार शिब बस्नेत र बासुदेब मुनालको आवाजमा रहेको गीतलाई गायक मुखियाले आफ्नो आवाज पुनः रेकर्ड गरी सार्बजनिक गरेका हुन् । उक्त गीतको शब्द सन्तोष बस्नेतले लखेका हुन् ।
पुरानो लोकगीत शैलीको यो गीतलाई गायक सुनुवारले नयाँ युवापुस्तामा लोकप्रिय हुने गरी नयाँ प्रस्तुती दिएका छन् । गीतलाई नयाँ पुस्ताले निकै रुचाउनुको साथै नेपाली सांगीतिक क्षेत्रमा पुनः वरिष्ठ लोक गायक पाण्डव सुनुवारलाई स्मरण हुने गायक सुनुवारले बताए ।
अमृत सुनुवारको निर्देशन तथा छायांकन तयार भएको भिडियोमा नीराजन प्रधान र एलिसा राईको मुख्य फिचङिर रहेको छ । ब्रिस्मान सुनुवारको कोरियोग्राफी रहेको भिडियोमा अन्य कलाकारहरुको पनि फिचरिङ देख्न सकिन्छ । भिडियोलाई सम्पादन निशान घिमिरेले गरेका हुन् । एल.बि. मुखिया र सम्झना सुब्बाको निर्माण रहेको भिडियोलाई सुनुवार सेवा समाजले स्वा.पाण्डव सुनुवारको स्मृतिमा समर्पित गरिएको छ ।