जनता बैंक नेपाल लिमिटेडले आफ्नो “जनता रेमीट” को मुख्य एजेन्ट भई काम गर्न बुम रेमिट्यान्स लाई नियुक्त गरेको छ ।
सम्झौता बमोजिम “जनता रेमीट” मार्फत पठाएको रकम बुम रेमिट्यान्सले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्ने बैंकले जनाएको छ ।
यसका साथै बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्ने जनाएको छ ।
हाल बुम रेमिट्यान्सले खाडी मुलूकहरू र हङ्गकङ्गबाट रेमिट्यान्सको कारोवार गर्दै आएको बताएको छ र यसले चाँडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार शुरु गर्ने जनाएको छ ।