• होमपेज
  • अर्थ/वाणिज्य
  • सिभिल बैंक र विवेक अटोमोबाइल्सबीच सम्झौता

सिभिल बैंक र विवेक अटोमोबाइल्सबीच सम्झौता

  • बिहिबार, चैत्र २२, २०७४
सिभिल बैंक र विवेक अटोमोबाइल्सबीच सम्झौता

सिभिल बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम विपन्न वर्ग कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ विजिनेस अफिसर सुजित कुमार शाक्य र विवेक अटोमोबाइल्स प्रालिको तर्फबाट कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरेका छन् ।

नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीको लागी अति उपयुक्त तथा प्रभावकारी साधानको रुपमा तीन पांग्रे सवारी साधानलाई लिईन्छ जुन सानो पुँजीको लगानीबाटै शुरुवात गर्न सकिन्छ ।

यस सम्झौता अनुरुप बैंकले विपन्न वर्ग कर्जा कार्यक्रमअन्तर्गत इटालियन ब्रान्डको तीन पांग्रे सवारी साधान ‘पियाजो’लाई सरल तथा छरिटो तवरले ७० प्रतिशतसम्म लगानी गर्नेछ ।

यस सम्झौताबाट बैंकले नेपालको विभिन्न स्थानमा रहेका बेरोजगार युवालाई रोजगारीको सिर्जना गर्न सहज बाटो बनाइदिने कुरा बैंकका चिफ विजिनेस अफिसर सुजितकुमार शाक्यले बताए । बैंकले यसअघि पनि ५९ शाखा तथा ९ शाखारहित बैंकिङमार्फत् विपन्न वर्ग कर्जा परिचालन गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने