• होमपेज
  • फिचर
  • राष्ट्र बैंकले सिक्का निष्काशन नगर्ने

राष्ट्र बैंकले सिक्का निष्काशन नगर्ने

  • मङ्लबार, चैत्र २०, २०७४
राष्ट्र बैंकले सिक्का निष्काशन नगर्ने

नेपाल राष्ट्र बैंकले यस वर्ष सिक्का निष्काशन नगर्ने भएको छ । यतिबेला राष्ट्र बैंकसँग प्रशस्त सिक्काको मौज्दात भएकाले तत्काल सिक्का निष्काशन नगर्ने भएको हो ।

अहिले राष्ट्र बैंकसँग करिब २२ करोड रुपैयाँ सिक्का मौज्दात छ । १ र २ रुपैयाँका गरी कुल २१ करोड ३८ लाख ८५ हजार रुपैयाँ सिक्का मौज्दात भएको राष्ट्र बैंकले जनाएको  छ ।

अहिले राष्ट्र बैंकअन्र्तगतको टक्सार विभागसँग १८ करोडभन्दा बढी सिक्काको मौज्दात छ । त्यस्तै, राष्ट्र बैंकको विराटनगर शाखासँग ७४ करोड रुपैयाँ भन्दा बढी, जनकपुर शाखासँग ५९ लाख रुपैयाँ, वीरगंन्ज शाखासँग ९५ लाख रुपैयाँ सिक्का मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, पोखरा शाखा कार्यालयसँग ३४ लाख रुपैयाँ, भैरहवा शाखासँग २१ लाख रुपैयाँ, नेपालगञ्ज शाखासँग ६७ लाख र धनगढी शाखा कार्यालयमा ७८ लाख रुपैयाँ सिक्का मौज्दात रहेको छ । राष्ट्र बैंकसँग रहेकोे सो मौज्दातले करिब दुई वर्षसम्मको माग धान्न सक्छ ।

‘राष्ट्र बैंकसँग प्रसस्त मौज्दात छ, यसले लगभग दुई वर्ष जति धान्न सक्छ ।’ राष्ट्र बैंक स्रोतले भन्यो । स्रोतका अनुसार त्यसपछिका वर्षहरुका लागि सिक्का छपाइका लागि टेन्डर आह्वान गर्न लागिएको छ । राष्ट्र बैंकले विभिन्न पाँच कम्पनीहरुलाई सिक्का छपाईका लागि टेन्डर खोल्ने प्रक्रिया अघि बढाएको स्रोतको भनाई छ ।

सबैंभन्दा बढी सिक्का तुला दानमा प्रयोग हुने राष्ट्र बैंकले जनाएको छ । धार्मिक विधिअनुसार मानिस बराबरको सिक्का दानमा दिने गर्ने चलन छ, जसलाई तुला दान भनिन्छ ।

त्यस्तै, महानगरका पसलहरु, माइक्रो बस, बैंक तथा वित्तीय संस्थाहरु, डिपार्टमेन्ट स्टोरहरु,नेवारहरुको पूजामा तथा अन्य विभिन्न प्रयोजनका लागि १ र २ रुपैयाँ दरका सिक्का बढी मात्रामा प्रयोग हुने गरेका छन् । हाल दैनिक १ र २ रुपैयाँका दैनिक २ लाख रुपैयाँ बराबरका सिक्का बिक्री हुने गरेको विभागको भनाई छ ।

भुकम्पपछि राष्ट्र बैंकको टक्सार विभागका ४ वटा भवन मध्ये एउटा भवन पूर्ण रुपले क्षति भएकाले अहिले त्यहाँ सिक्कालाई प्रशस्त ठाउँ पनि छैन ।

नोटको तुलनामा सिक्काले धेरै ठाउँ आगट्ने भएकाले पनि प्रशस्त ठाउँको अभाव देखिएको हो । भवन क्षतिग्रस्त भएपछि राष्ट्र बैंक तत्काल सिक्काको निष्काशन गर्ने सोँचमा छैन । राष्ट्र बैंकसंँग भएको सिक्का विक्री वितरण नगरी नयाँ सिक्कालाई प्रशस्त ठाउँ छैन विभागमा ।

पहिले पहिले नेपालमै सिक्का छाप्ने गरिन्थ्यो । आवश्यकता अनुसार सिक्का छाप्दा सानो ठाउँ (ढुकुटी) ले पनि पुग्थ्यो । तर आजभोली सिक्काको पनि माग बढ्न थालेको छ ।

माग बढ्न थालेपछि सिक्का पनि विदेशमा छापिन थाले । एकै चोटी ठुलो परिमाणमा छापिएर आउने भएकाले विभागमा सिक्का राख्न समस्या भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)