• होमपेज
  • फिचर
  • पेट्रोल,डिजल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो

पेट्रोल,डिजल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो

  • सोमवार, चैत्र १९, २०७४
पेट्रोल,डिजल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आजैदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य बढाएको हो।अब पेट्रोल १ सय ५ रुपैयाँ र डिजल तथा मट्टितेल ८५ रुपैयाँ पर्नेछ।निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टरार्इले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले यहाँ मूल्य बढाउनुपर्ने अवस्था आएको बताए।

निगमले हवार्इ इन्धन र खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत राखेको छ। हवार्इ इन्धनमा नाफानै रहेकोले मूल्य नबढाइएको हो भने एलपिजीमा भने प्रतिसिलिण्डर ६५ रुपैयाँ घाटा छ।अहिले निगमले ग्यासमा क्रस सब्सिडी दिएर मूल्य नबढाउने रणनीति लिएको छ।

Facebook Comments

सम्बन्धित समाचार