नबिल इन्भेष्टमेण्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतमा सविरबादे श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको ६८ औं सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
उनी विगत २ बर्ष देखि नबिल ईन्भेष्टमेन्टमा प्रमुख ईन्भेष्टमेन्ट बैंकिङको जिम्मेवारीमा थिए। श्रेष्ठले लण्डनबाट एसीसीए गरेका हुन् भने काठमाण्डौ युनिर्भसिटीबाट इएमबिए गरेका हुन्।
उनले ६ बर्ष लण्डनमा रहेको विश्वको ५ औं ठूलो अडिट फर्म बिडिओ इन्टरनेशनलमा कर वित्त र अडिटमा रहेर काम गरेका थिए।नविल आउनुअघि उनले एनआर्इविएल क्यापिटलमा तीन वर्ष सिनियर म्युचुअल फण्ड म्यानेजरको रुपमा काम गरेका थिए।